बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा दुलाल पक्राउ

आइतबार, १२ चैत २०७९, २० : २४
आइतबार, १२ चैत २०७९

काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा नेपाल प्रहरीले ललितपुरबाट केशव दुलाललाई पक्राउ गरेको छ। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले दुलाललाई आइतबार नियन्त्रणमा लिएको हो। 

कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार दुलालले ८१ जनालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ। दुई जनाले प्रहरीमा उजुरी गरेपछि अनुसन्धानको लागि दुलाललाई पक्राउ गरिएको जानकारी राठौरले दिए। दुलालले ८१ जनाबाट १३ करोड ६३ लाख उठाएको प्रहरीमा पीडितले बताएका छन् । कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला दुलाल उनका सहयोगी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप