बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘गुर्खास कप २०२३’ को उपाधि गुर्खास किचेनलाई

सोमबार, १३ चैत २०७९, १९ : ५०
सोमबार, १३ चैत २०७९

अस्ट्रेलिया । गोल्ड कोस्ट सहरमा सम्पन्न ‘गुर्खास कप २०२३‘ को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा गुर्खास किचेनले ८८४८ क्रिकेट टिमलाई ४ विकेटले पराजित गरेको हो । 

दुक्स ओभल मैदानमा भएको फाइनल खेलमा टस जितेर ८८४८ क्रिकेट टिमले पहिले ब्याटिङ गरेको थियो, पहिलो पारिमा उसले ५३ रन बनाएको थियो, जवाफी ब्याटिङमा उत्रेको गुर्खास किचेनले पनि दिएको लक्ष्य ३ बल बाँकी रहँदा हात पारेको थियो ।

राउण्ड रोबिन फर्म्याटमा खेलाइएको उक्त प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो । एक दिने प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि प्रज्जवल खरेलले हात पारे भने, उत्कृष्ट बलर र ब्याट्सम्यान क्रमशः विशाल पाठक र एभरेस्टले हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप