तोकिएको समयमा तालिम नलिएका अध्यापन अनुमति पत्र रद्द हुने

काठमाडौं । शिक्षक सेवा आयोगले सशर्त लिइएका अध्यापन अनुमति पत्र (लाइसेन्स) तोकिएको समयमा तालिम नलिए स्वतः रद्द गर्ने भएको छ । आयोगले तत्कालीन समयमा उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि सशर्त लाइसेन्स दिएको थियो । उक्त लाइसेन्स अद्यावधिक गर्न २०८१ चैत्र मसान्त सम्म तालिम लिइसक्नुपर्ने आयोगले जनाएको छ ।
नेपाली र सामाजिक विषयका अध्यापन अनुमतिपत्रका लाग अनिर्वाय तालिम लिनुपर्नेछ । उक्त तालिम तोकिएको समयावधिभित्र नलिएको खण्डमा त्यस्ता लाइसेन्स स्वतः खारेज गर्ने आयोले निर्णय गरेको हो ।
तत्कालीन समयमा माध्यमिक तहको विषयगत अध्यापन अनुमतिपत्रको परीक्षामा सफल भएका उम्मेदवारलाई २०८१ चैत्र मसान्त सम्म तालिम पूरा गर्ने शर्तमा सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयबाट लाइसेन्स वितरण गरिएको थियो । उनीहरुलाई तोकिएको समयभित्र तालिम लिन भनेको हो ।
तत्कालीन समयमा ०७६–७७ सालमा प्रकाशित विज्ञापन नम्बर ३५–०७६ अनुसार उत्तीर्ण उम्मेदवारलाई लाइसेन्स प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’
-
चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान
-
बालेन शाहको सांसदलाई व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो
-
गणतन्त्रवादी रामराजाप्रसाद सिंहको त्यो राजतन्त्रविरोधी आवाज
-
प्रधानन्यायाधीश लगायतका नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ : सभामुख घिमिरे
-
संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग