मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउनुपर्छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने बताएका छन् । संसदमा बोल्दै साहले मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक भएको बताए ।
‘तराईमा लाखौं सर्वसाधरण सुदखोरबाट पीडित छन् । यस विषयमा सभामुखको ठोस रुलिङको माग गर्दछु । सुदखोरले गर्दा हजारांै सर्वसाधरण घरबारविहिन भएका छन् । यसो गर्नु कानुनको ठाडो उल्लंघन हो’ साहले भने, ‘सरकारले १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको छ । जग्गा रजिस्टर गराएर सैकडा ५ लिएर लुट चलिरहेको छ । यसमा पहल नलिए सुदखोरको अपराध अझै बढ्छ ।’
यस्तै लघुवित्तिले गर्दा सर्वसाधरण पीडित बनाएको साहले बताए । बैङकिङ कारोबार अनुपादक क्षेत्रमा हुँदा समस्या थपिँदै गएको बताए । ‘ऋण पाउने नागरिकको अधिकार हो । बैङ्कले अनुपादक क्षेत्रमा कर्जा प्रवाह गर्ने तर सामान्य किसानले ऋण नपाउने भयो । जसले गर्दा उनीहरु सुदखोरबाट पीडित हुन पुगेका छन्’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण