मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउनुपर्छ : प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने बताएका छन् । संसदमा बोल्दै साहले मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक भएको बताए ।
‘तराईमा लाखौं सर्वसाधरण सुदखोरबाट पीडित छन् । यस विषयमा सभामुखको ठोस रुलिङको माग गर्दछु । सुदखोरले गर्दा हजारांै सर्वसाधरण घरबारविहिन भएका छन् । यसो गर्नु कानुनको ठाडो उल्लंघन हो’ साहले भने, ‘सरकारले १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको छ । जग्गा रजिस्टर गराएर सैकडा ५ लिएर लुट चलिरहेको छ । यसमा पहल नलिए सुदखोरको अपराध अझै बढ्छ ।’
यस्तै लघुवित्तिले गर्दा सर्वसाधरण पीडित बनाएको साहले बताए । बैङकिङ कारोबार अनुपादक क्षेत्रमा हुँदा समस्या थपिँदै गएको बताए । ‘ऋण पाउने नागरिकको अधिकार हो । बैङ्कले अनुपादक क्षेत्रमा कर्जा प्रवाह गर्ने तर सामान्य किसानले ऋण नपाउने भयो । जसले गर्दा उनीहरु सुदखोरबाट पीडित हुन पुगेका छन्’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीश लगायतका नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ : सभामुख घिमिरे
-
संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग
-
एमडीएमएसमा छुटेका मोबाइल दर्ता गर्न कति शुल्क लाग्छ ?
-
विदेशबाट कति सुन ल्याउन पाइन्छ ?
-
‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’
-
संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्ति सुनुवाइ समितिमा रोकिन सक्छन् : अध्यक्ष तिमिल्सिना