ठगी आरोपमा पूर्वराजदूत पत्नी रेणु थापा पक्राउ

काठमाडौँ । ठगी आरोपमा प्रहरीले रेणु कुमारी थापा (बस्न्यात) लाई पक्राउ गरेको छ । आरोपी पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यातकी पत्नी हुन् । रोक्का भैसकेको जग्गाको बैन लिएर ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । आरोपीलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पीडितको जाहेरका आधारमा उनलाई पक्राउ गरिएको एसएसपी कार्कीले बताए ।
आरोपीले ठिमीमा रहेको १ रोपनी चार आना जग्गा रामेछापका भुवन विक्रम घिमिरेलाई बेच्ने भनेर ७५ लाख रूपैयाँ बैना लिइन् । २०७६ माघमा सो जग्गा किनेबेच गर्ने सहमति भएको थियो । त्यसपछि घिमिरेले ७ फागुनमा ७५ लाख रूपैयाँ थापालाई दिएका थिए । तर, सो जग्गा पास गर्न रेणुले आनाकानी गरिन् । कोरोना महामारीको समयमा घिमिरेले जग्गामा पुग्न २४ लाख खर्चेर बाटो समेत बनाएका थिए । उक्त जग्गाको बैना गर्दा पूर्वराजदूत बस्न्यात र एकजना साक्षी बसेका थिए ।
आफुले जग्गाको बारेमा कुरा गर्दा कुटपिट समेत गर्दै आएको उजुरीकर्ता घिमिरेले बताए । पछि बस्न्यात परिवार अमेरिका गएको थियो । अमेरिकामा डेढ वर्ष बसेर नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि आफुले जग्गाको बारेमा कुरा गर्दा धम्की दिने गरेको बताए । उक्त जग्गा मालपोत कार्यालयमा विगत ६ वर्षदेखि रोक्का गरेको राखेको पाइएको प्रहरीले जनाएको छ ।
उक्त जग्गा प्रति आना १७ लाख २५ हजार रूपैयाँका दरले एक रोपनी चार आना तीन पैसा तीन दाम जग्गा ३ करोड ६१ लाख १७ हजार १८७ रूपैयाँमा बिक्री वितरण गर्ने सहमति भएको थियो । त्यसका लागि घिमिरेले ७५ लाख रूपैयाँ बैना दिएको बताए । बैना दिएपछि उक्त जग्गामा बाटो बनाउनको लागि आफुले थप २४ लाख रूपैयाँ खर्च गरेको तर, अन्तिममा जग्गा आफ्नो नाममा नगरेपछि प्रहरीमा उजुरी गरेको उनको भनाई छ । पहिलो किस्तामा ७५ लाख बुझाएको र दोस्रो किस्तामा एक करोड रूपैयाँ बुझाउने गरी सहमति भएको थियो । उक्त पैसा २०७७ को वैशाख महिनाभित्रमा बुझाउने भन्ने थियो ।
त्यसपछि तेस्रो किस्तामा बाँकी रहेको १ करोड ८६ लाख १७ हजार १८७ रूपैयाँ बुझाउने गरी सहमति भएको देखिन्छ । उक्त पैसा २०७७ को जेठ महिनाभित्रमा बुझाउने भनिएको थियो । उक्त जग्गाको सम्पूर्ण रकम जम्मा गरेपछि नामसारी गराइदिने सहमति भएको थियो । प्रहरीले आरोपीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झालाई मनोज स्मृति पत्रकारिता पुरस्कार प्रदान
-
गर्मी बढेसँगै हेटौँडाका विद्यालय ६ दिनका लागि बन्द
-
भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुग्यो
-
नागरिकता विधेयक प्रमाणीकरणबारे कांग्रेस : राष्ट्रपतिबाट संसद् र संविधानको सम्मान र संरक्षण भयो
-
टर्कीमा एर्दोगान तेस्रोपटक राष्ट्रपति : शनिवार लिए सपथ
-
तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका