बाराबाट उपेन्द्र यादवको नाम सिफारिस
काठमाडौँ । जनता समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । सो पार्टीको बारा क्षेत्र नम्बर २ क्षेत्रीय समितिले सो क्षेत्रको उपनिर्वाचनमा अध्यक्ष यादवको नाम सिफारिस गरेको हो ।
बुधबार बारामा बसेको सो पार्टीको क्षेत्रीय भेलाले अध्यक्ष यादवको नाम सिफारिस गरेको जसपाका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले बताए । उनले भने, ‘आज बारा २ मा बसेको क्षेत्रीय समितिको बैठक एवं क्षेत्रीय भेलाले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने सर्वसम्मतिले निर्णय गरेको छ ।’
वैशाख १० गते हुन लागेको उपनिर्वाचन प्रयोजनका लागि आयोजना गरिएको क्षेत्रीय भेलाले पार्टीको विधानअनुसार सर्वसम्मतिले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरेको उनले बताए । अध्यक्ष यादवलाई उत्साहका साथ विजय बनाउन क्षेत्रीय भेलाले घोषणा समेत गरेको उनले बताए ।

अध्यक्ष यादव यसअघिको चुनावमा सप्तरी २ बाट पराजित भएका थिए । बारा २ बाट विजय रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो । सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।
अध्यक्ष यादवको नाम क्षेत्रीय समितिले जिल्लालाई सिफारिस गर्नेछ । जिल्लाले प्रदेश र प्रदेशले केन्द्रलाई सिफारिस गरेपछि उम्मेदवारको बारेमा आवश्यक छलफल गरेर टुगों लगाउनेछ । उम्मेदवारका बारेमा टुंगो लगाउन जसपाले चैत १७ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
-
पूजाले चुमिन् ‘द मिसेस नेशनल’को ताज
-
एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण