बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गर्ने

बिहीबार, १६ चैत २०७९, ०७ : ५४
बिहीबार, १६ चैत २०७९

काठमाडौं। नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका बिहीबार (आज) सार्वजनिक गर्ने भएको छ। साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका बिहिवार सार्वजनिक गर्ने बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।

विहीबार बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक हुनेछ । साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकुल वातावरण बनाउन तथा सबै कम्पनीहरु एउटै वास्केटमा राखेर अन्योलता नहोस् भन्नका लागि एसएमईको खाका सार्वजनिक गर्न लागेको हमालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप