व्यवसायीले राति निदाउन औषधी खानुपर्ने अवस्था छ—पर्यटन व्यवसायी

पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंकको कर्जाले सताएर राति सुत्न औषधी सेवन गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार पोखरा पर्यटन परिषदद्वारा आयोजित पत्रकार सम्मेलन बोल्दै नेपाल ट्राभल एण्ड टुर एसोसिएसन (नाटा)का अध्यक्ष हरिराम अधिकारीले ब्याज तिर्न नसक्दा औषधी खाएर निदाउनुपर्ने अवस्था रहेको सुनाए ।
बैंकको किस्ता र ब्याजले सताइरहेको अवस्थामा सरकारले कुनै पनि पहलकदमी नलिएको उनको भनाइ छ । ‘सरकारले दुःख पर्दा हेरे अर्थतन्त्र पनि चलायमान हुन्छ,’ उनले भने, ‘व्यवसायीले बैंकको ब्याज भाडा र बत्ती पानीको बिल पनि तिर्न नसक्दा राति निदाउन औषधी खानुपर्छ ।’
सरकार र राष्ट्र बैंकले एक अंकको ब्याज कायम नगरेको र कर्जाको भुक्तानीमा पुनतालिकीकरण गर्नुपर्ने उनीहरुले माग गरेका छन् । यसो नभए सशक्त आन्दोलनको तयारीमा रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
‘कोरोनाले तन्नाम पारेको पर्यटन क्षेत्रमा सरकारलाई एक अंकको ब्याजदर बनाउने र कर्जाको भुक्तानी तालिका असार मसान्तसम्म पुर्नतालिकीकरण गर्नुपर्ने हाम्रो माग हो,’ श्रेष्ठले भने । अघिल्लो वर्ष सरकारले ल्याएका कार्यक्रम पुनकर्जा कोष, पुर्नतालिकीकरण र व्यवसायी निरन्तरता कोष जस्ता सुविधाहरुको समय ३ वर्ष पु¥याउनुपर्ने व्यवसायीहरुको माग छ ।
बैंकले ७ प्रतिशतबाट ब्याजदर बढाएर १४÷१५ प्रतिशत पु¥याएकाले प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र पुनःउत्थान गर्न नसकिएको व्यवसायी कृष्ण भण्डारीले बताए । अन्तर्राष्ट्रिय एयरपोर्टसँग उत्साहित भएर लगानी गरेपनि अहिलेको अप्ठ्यारो परिस्थितिमा अभिभावकत्व दिने कसैले नसकेको उनले सुनाए ।
पोखरा आउने पृथ्वी हाइवेको बाटो निर्माण गर्न ढिलाइ भएका कारणले पनि पोखराको पर्यटन झनझन खस्किँदै गएको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए ।
हानका अध्यक्ष लक्षमण सुवेदले हकुपेन्सी पनि १५÷२० प्रतिशतभन्दा माथि नपुगेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी