चट्याङ लागेर ट्रक चालकको मृत्यु
शुक्रबार, १७ चैत २०७९, १९ : ३४

सिरहा । सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर नपा ८ का ४३ वर्षिय नेत्र प्रसाद गौतम (कुमार) को मृत्युको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ट्रकमा तिरपाल बाँधिरहेका बेला हावा हुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमलाई कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा लगिएकामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।