ब्रह्मास्त्र २ र ३ को एकैसाथ सुटिङ हुने
मुम्बई । हालै निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को बारेमा जानकारी दिएका छन् । अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ सुटिङ गर्ने बताएका हुन् । उनले यसपटक पनि चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताए ।
मिडियासँग कुरा गर्दै अयानले भने, ‘यसपटक हामी ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ सँगै छायांकन गर्नेछौँ । यसपटक फिल्म लेख्न अझै समय लाग्न सक्छ भन्ने हामीलाई लागेको छ । मलाई थाहा छ यस पटक फिल्मबाट दर्शकको ठुलो अपेक्षा छ । फिल्मको दोस्रो भाग जतिसक्दो चाँडो रिलिज होस् भन्ने जनता चाहन्छन् तर यसपटक पहिलाभन्दा राम्रो लेख्छु भन्ने सोचेको छु । मलाई लाग्छ करिब तीन वर्षपछि हामी ‘ब्रह्मास्त्र २’ ठुलो पर्दामा देख्नेछौँ ।’
अयानले थपे, ‘मलाई लाग्छ ‘ब्रह्मास्त्र’मा केही गल्तीहरू थिए । फिल्मलाई लिएर हामीले मिश्रित प्रतिक्रिया पाएका छौँ । तैपनि हामीले धेरै राम्रो नम्बर पायौँ, धेरैले हाम्रो फिल्म मन पराए।’ यसबाहेक, फिल्मले स्ट्रिमिङ प्लेटफर्ममा पनि राम्रो प्रदर्शन गरेको छ। ‘ब्रह्मास्त्र’ सन् २०२२ को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
-
ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
-
यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण