उपेन्द्रलाई लक्षित गर्दै प्रभुले भने : सप्तरीमा नफलेको फल बारामा फल्दैन

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भ्रष्ट एवं मधेस विरोधीहरुलाई उपनिर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । बाराको देवतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सो कुरा बताएका हुन् । उनले बारा २ मा हुने उपनिर्वाचनमा भ्रष्ट र मधेस विरोधीहरुले चुनाव लड्न खोजेको भन्दै त्यस्ता लुटेरालाई पराजित गर्नुपर्ने बताए ।
जसपा अध्यक्ष उपेन्द्र यादवतर्फ लक्षित गर्दै अध्यक्ष साहले भने, ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले नरुचाएको नेतालाई बाराका जनताले कसरी मतदान गर्छ ? छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन । नुन कहिल्यै पनि चिनी हुन सक्दैन् । त्यस्ता भ्रष्ट र जनता विरोधीलाई मतदान गर्नुले केही हुँदैन ।’
हिजोका दिनमा समग्र मधेस एक स्वायत प्रदेशको कुरा उठेको बताउँदै अध्यक्ष साहले उपेन्द्रले वीरगञ्जलाई राजधानी बनाउने आश्वासन दिएपनि बोलेको कुरा व्यवहारमा लागू नगरेको बताए । उपेन्द्रले बारामा बन्ने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिम्रौनगढ र गढीमाईको विकासका विषयमा कहिल्यै पनि एक शब्द नबोलेको बताउँदै आजपा अध्यक्ष साहले आफू शहरी विकास मन्त्री हुँदा गढीमाई र सिम्रौनगढको विकासका लागि करोडौं रुपैयाँ बजेट छुट्टयाएको बताए ।
‘बारा जिल्ला आफ्नो गौरब बनाएको जिल्ला हो । किसान आन्दोलन यही बारामा भएको थियो । हिजोका दिनमा अरुलाई अन्न दिएर पेट भने जिल्ला अहिले आफै किन पछाडी पर्यो ? मानव विकाश सूचांकमा किन पछाडि पर्यो ?’ साहले प्रश्न गरे, ‘विगत १० वर्षमा उपेन्द्र यादवको पार्टीले मधेसको मुख्यमन्त्रीको नेतृत्व गर्यो, केन्द्रमा पनि हरेक सरकारमा आफै मन्त्री भए, मधेसका लागि किन राम्रा काम गरेनन् ? मधेसको मानव विकास सूचांकलाई माथि पुर्याउने काम किन गरेनन् ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी