बुटवलमा विश्व हिन्दु महासंघ नेपालको महाधिवेशन सुरु
बुटवल । विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय महासभा तथा आठौं महाधिवेशन बुटवलमा सुरु भएको छ । नेपाल सन्त समाजका १००८ स्वामी ज्ञानानन्द सरस्वतीले महासभा तथा महाधिवेशन उद्घाटन गरेका हुन् ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गरिएको कार्यक्रम भोलिसम्म चल्नेछ । उद्घाटन अघि बुटवलमा शोभा यात्रा गरिएको थियो । बुटवल–६ हाटबजारबाट सुरु भएको शोभा यात्रा पाल्पा रोड, ट्राफिकचोक, अस्पताल लाइन, मिलनचोक, चौराहा हुँदै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।
महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले वेद नै विज्ञान भएको भन्दै वेदका आधारमा जीवन पद्धति अगाडि बढाउनुपर्ने बताए । उनले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र बनाउनु पर्ने महासंघको माग रहेको प्रस्ट पारे ।
महासभामा विभिन्न जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी १५ सय भन्दा बढी सहभागी छन् । महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण