‘नाईं नभन्नू ल ६’ को ‘तलाउमा ढुंगा नहान’ गीत कस्तो ?

काठमाडौँ । आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नाईं नभन्नू ल ६’ को नयाँ गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक भएको छ । सार्वजनिक डान्सिङ शैलीको गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर, वसन्त सापकोटाको सङ्गीत छ । गीतको शब्द पनि संगीतकार सापकोटाले कोरेका हुन् ।
गीतको भिडियोमा आशीर्वाद क्षेत्री र आँचल शर्माको नृत्य छ । कविराज गहतराजको कोरियोग्राफी गीतमा छ ।
विकासराज आचार्यद्वारा निर्देशित यो छैटौँ शृङ्खलालाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।
फिल्ममा आशीर्वाद र आँचलको अलवा केकी अधिकारी, प्रियङ्का कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् ।
फिल्ममा हिमाल केसीको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की