आइतबार, २० जेठ २०८१
ताजा लोकप्रिय

एउटै परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ

बिहीबार, २३ चैत २०७९, ११ : १४
बिहीबार, २३ चैत २०७९

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । 

बुधबार एकजजना पक्राउ परेपछि निगरानी बढाउने क्रममा बिहीबार सामाजिक विषयमा परीक्षामा सहभागी भएका ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

एउटाको नाममा अर्कैले परीक्षा दिएको आशंका उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप