आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्ट अर्थनीतिले मुलुक अप्ठ्यारोमा : प्रभु साह

शुक्रबार, २४ चैत २०७९, २० : ४७
शुक्रबार, २४ चैत २०७९

जनकपुर । आम आदमी पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले भ्रष्ट अर्थनीतिले मुलुक अप्ठ्यारोमा पर्दै गएको बताएका छन् ।

आम आदमी पार्टीले शुक्रबार जनकपुरमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले लाचार र शोषित जनतालाई शासित होइन शासक बनाउनका लागि आम आदमी पार्टी गठन गरिएको दाबी गरे ।

अध्यक्ष साहले किसान र मजदुरलाई सम्मान र अधिकार दिलाउन र जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएर आम जनता पार्टी अगाडि बढेको जिकिर गरे ।

भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत कमिसन दिने व्यवस्थालाई दुरुपयोग गरेर ब्रह्मलुट मच्चाइरहेको भन्दै उनले यो ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ भन्ने प्रश्नसमेत गरे ।

आम आदमी पार्टीका उपाध्यक्ष बद्र न्यौपाने, उपमहासचिव एवं पूर्व प्रदेश सांसद कुन्दन कुशवाह लगायतले पनि भेलालाई सम्बोधन गरेका थिए ।

भेलापछि आम आदमी पार्टीले ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप