आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी आर्थिक अवस्था सुधारतर्फ, रोजगारी दरमा सहजता

शुक्रबार, २४ चैत २०७९, २१ : ५३
शुक्रबार, २४ चैत २०७९

वासिङ्टन । अमेरिकी नीति निर्माताहरूले मुद्रास्फीतिविरुद्धको लडाइँलाई अघि बढाउँदा अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको सङ्केतहरू थपिएको शुक्रबार सार्वजनिक अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । 

श्रम विभागका अनुसार मार्चमा दुई लाख ३६ हजार रोजगारी थपिएको छ भने बेरोजगारी दर ३.५ प्रतिशतमा झरेको छ ।

उत्पादन क्षेत्र कमजोर रहेको अवस्थामा निजी रोजगारी सिर्जना र सेवा गतिविधि पनि सहज भएको छुट्टाछुट्टै प्रतिवेदनले देखाएको केही दिनपछि यो तथ्याङ्क आएको हो ।

अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको भविष्यको ब्याज दर निर्णयहरूमा यसको सम्भावित प्रभावको लागि श्रम बजार तथ्याङ्कलाई नजिकबाट हेरिएको छ  । तर नवीनतम तथ्याङ्कहरू दर वृद्धिमा विरामका लागि पर्याप्त छन् भन्ने स्पष्ट भइसकेको छैन । 

तथ्याङ्कअनुसार अमेरिकाको प्रतिघण्टा औसत आम्दानी ०.३ प्रतिशतले बढेर ३३.१८ डलर पुगेको छ ।

“अवकाश र आतिथ्य, सरकारी, व्यावसायिक र व्यावसायिक सेवाहरू र स्वास्थ्य सेवामा रोजगारीको प्रवृत्ति जारी छ,” श्रम विभागले भनेको छ ।

प्रतिवेदनमा गत महिना पनि श्रम शक्तिको सहभागिता दर बढ्दै गएको दुष्टान्तलाई उल्लेख गरिएको छ ।(रासस/एएफपी)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप