अमेरिकी आर्थिक अवस्था सुधारतर्फ, रोजगारी दरमा सहजता
वासिङ्टन । अमेरिकी नीति निर्माताहरूले मुद्रास्फीतिविरुद्धको लडाइँलाई अघि बढाउँदा अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको सङ्केतहरू थपिएको शुक्रबार सार्वजनिक अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ ।
श्रम विभागका अनुसार मार्चमा दुई लाख ३६ हजार रोजगारी थपिएको छ भने बेरोजगारी दर ३.५ प्रतिशतमा झरेको छ ।
उत्पादन क्षेत्र कमजोर रहेको अवस्थामा निजी रोजगारी सिर्जना र सेवा गतिविधि पनि सहज भएको छुट्टाछुट्टै प्रतिवेदनले देखाएको केही दिनपछि यो तथ्याङ्क आएको हो ।
अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको भविष्यको ब्याज दर निर्णयहरूमा यसको सम्भावित प्रभावको लागि श्रम बजार तथ्याङ्कलाई नजिकबाट हेरिएको छ । तर नवीनतम तथ्याङ्कहरू दर वृद्धिमा विरामका लागि पर्याप्त छन् भन्ने स्पष्ट भइसकेको छैन ।
तथ्याङ्कअनुसार अमेरिकाको प्रतिघण्टा औसत आम्दानी ०.३ प्रतिशतले बढेर ३३.१८ डलर पुगेको छ ।
“अवकाश र आतिथ्य, सरकारी, व्यावसायिक र व्यावसायिक सेवाहरू र स्वास्थ्य सेवामा रोजगारीको प्रवृत्ति जारी छ,” श्रम विभागले भनेको छ ।
प्रतिवेदनमा गत महिना पनि श्रम शक्तिको सहभागिता दर बढ्दै गएको दुष्टान्तलाई उल्लेख गरिएको छ ।(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण