सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

शिखरको इनिङ्समा राहुल त्रिपाठी भारी

सोमबार, २७ चैत २०७९, ०५ : ५९
सोमबार, २७ चैत २०७९

हैदराबाद । आईपीएल २०२३ मा सनराइजर्स हैदरावादले पहिलो जित दर्ता गरेको छ । उसले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो । आईपीएलको यो सिजनमा पञ्जाब किंग्सको भने यो पहिलो हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो । जवाफमा सनराइजर्स हैदरावादले १७ बल बाँकी रहँदै खेल जित्यो । सनराइजर्स हैदरावादको इनिङ्समा राहुल त्रिपाठीले सर्वाधिक रन बनाए । उनले ४८ बलमा ७४ रनको अविजित इनिङ खेले। योसँगै कप्तान एडेन मार्कराम पनि ३७ रनमा अविजित रहे ।

यसअघि शिखर धवनको ९९ रनको धमाकेदार इनिङ्सको मद्दतले पञ्जाब किंग्सले सनराइजर्स हैदरावादलाई जितका लागि १४४ रनको लक्ष्य दिएको थियो । आईपीएल २०२३ मा लगातार तेस्रो जित निकालेको पञ्जाब किंग्सका ओपनिङ ब्याट्सम्यान सनराइजर्स हैदरावादका बलरको अगाडि जान सकेनन् । तर शिखर धवन सुरुदेखि अन्त्यसम्म विकेटमा रहे, अविजित रहे र ६६ बलमा ९९ रन बनाए । १५० को स्ट्राइक रेटमा खेले र "प्लेयर अफ द म्याच" बने।

मयंक मार्कण्डेले चार ओभरमा १५ रन दिएर चार विकेट लिए । योसँगै उमरान मलिक र मार्को जेन्सेनले पनि २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप