१ खर्बको निर्यात हुँदा १० खर्ब ५८ अर्बको आयात, व्यापार घाटा ९ खर्बमाथि

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक व्यापारतर्फ मुलुकले साढे ९ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार समीक्षा अवधिमा मुलुकबाट १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात हुँदै गर्दा उताबाट १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको आयात भएको हो ।
तथ्याङ्क अनुसार समीक्षा अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा ९ खर्ब ५४ अर्ब रुपैयाँ देखिएको छ । समीक्षा अवधिमा निर्यात २९.१ प्रतिशतले र आयात १९.१ प्रतिशतले घट्न पुगेको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा निर्यात ८२.९ प्रतिशतले बढेको थियो भने आयात ३८.७ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने