अर्थ
वैशाखदेखि ब्याजदर एकल अंकमा झर्ने
बुधबार, २९ चैत २०७९, ११ : ५३

काठमाडौं । आगामी वैशाख १ गतेदेखि बैंकको ब्याजदर एकल अंकमा झर्ने भएको छ । बुधवार बसेको बैंकर्स सङ्घको बैठकले वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंक अर्थात् १० प्रतिशतभन्दा तल झार्ने निर्णय गरेको हो ।
सङ्घका अनुसार मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको छ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ ।
यस्तै, साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति गरेका बैङ्कहरूले कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर निर्धारण गर्ने निर्णय भएको संघले जनाएको छ । अहिले साधारण बचतमा बैङ्कहरूले ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु