हिमाली क्षेत्रमा बाक्लो हिँउ जम्न छाडे, पोखरी थपिए

काठमाडौँ । हिमालका आधार शिविर आसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ । हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन् । सगरमाथा आरोहणमा सघाउँदै गर्दा अविरल राईले सन् २०१७ देखि २०२२ सम्म खिचेका सगरमाथा आधार शिविरका तस्बिरको तुलनात्मक अध्ययन गर्दा पनि ती क्षेत्रमा अब पहिलेजस्तो बाक्लो हिउँ देख्न पाइँदैन ।
हिमाल र हिउँबारे अध्ययन गर्नुभएका प्राध्यापक डा. सुदीप ठकुरीले बढ्दो तापक्रमसँगै जलवायु परिवर्तनको असरले सगरमाथालगायतका हिमालबाट हिउँ रित्तिन थालेकाले पनि आधार शिविरमा पोखरी देखिन थालेको तर्क गरे । उनले भने, ‘कतिपय खाँचमा पहिले ठूला हिउँका ढिक्का जमेर ढुङ्गा जस्तै भेटिन्थे तर अहिले ती खाँचमा पनि हिउँ पग्लेर बग्न थालेको देखिन्छ।’ उनीसहितको टोलीले उच्च हिमाली क्षेत्रको तापक्रम नाप्ने स्टेसनको अध्ययन पाँच वर्षको अवधिमा गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच