टिपर दुर्घटनामा एक जनाको मृत्यु
स्याङ्जा । स्याङ्जाको चापाकोट–४ पुम्दीमा बुधबार साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका–५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
साँझ ६ः०० बजे टिपर दुर्घटना हुँदा घाइते भएका परियारलाई उपचारकालागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही टिपरमा रहेका म्याग्दीकै मालिका–५ का १८ वर्षीय करन परियार घाइते हुनुभएको छ । उहाँको हात र खुट्टामा सामान्य चोट लागेको छ । उनको गह्रौँ प्राथमिक अस्पतालमै उपचार भइरहेको छ।
चापाकोट–४ मल्याङकोटबाट सोही वडाको घुर्लीचौर जाने सडक निर्माणलागि बालुवा बोकेर जाँदै थियो । ग१क ४४४६ नम्बरको टिपर उकालो बाटो चिप्लो भई सडकबाट झण्डै १०० मिटर तल खसेको सूचना अधिकारी अवस्थीले जानकारी दिए। घटनास्थलबाट टिपर चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण