‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
पोखरा । विगतका वर्षहरूमा वार्षिक विकास कार्यक्रमको सूची सम्बन्धित क्षेत्रका सांसदहरूले आफ्नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएका थिए । आफ्ना पहलमा योजना परेको भन्दै सांसद र राजनीतिक अगुवाहरूलाई योजनाको लिष्ट बाँड्न भ्याइनभ्याइ हुन्थ्यो। यसपालि सांसदहरूले योजनाका सूची खासै हालेका छैनन्।
आफ्नो वडाले माग गरेका योजना वार्षिक विकास कार्यक्रममा नभेटेपछि कास्कीका एक जना वडाध्यक्षले आफ्ना वडामा परेका योजनाको सूची सांसदसँग मागेका छन्।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले आफ्ना वडामा कुनै योजना परेको भए त्यसको विवरण उपलब्ध गराउन सोही क्षेत्रबाट निर्वाचित सांसद बिना गुरुङलाई पत्र लेखेका हुन्। वडा कार्यालयले गत मंसिर र पुस महिनामा सङ्घ सरकारलाई ७ वटा योजनाहरू सिफारिस गरेर पठाएकोमा सङ्घ सरकारको आगामी बजेटले सम्बोधन नभएको बताइएको छ।

‘वडाबाट सिफारिस गरिएका ती योजनाहरू सङ्घमा समावेश भए/नभएको जानकारी नहुँदा स्थानीय स्तरमा अन्योल बढेको छ,’ उनले पत्रमार्फत भनेका छन्, ‘पालिकामा आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया अघि बढिरहेको सन्दर्भमा, एउटै योजनामा सङ्घ र स्थानीय तहबाट बजेट विनियोजन भई दोहोरोपन नहोस् भन्ने उद्देश्यले जानकारी माग गरिएको हो ।’ उनले दोहोरोपनाको प्रसङ्ग कोट्याए पनि सांसदलाई योजना नदिएको व्यङ्ग्य गरेको हिसाबले तर्क गरिएको छ ।
सांसद गुरुङले चाहिँ बजेट पुस्तिका प्रकाशित भएपछि मात्रै योजनाको सूची राख्ने बताएकी छिन् । ‘धेरै जनाले बजेट मेरो वडामा परेन भनेर गुनासो गर्नुभएको छ,’ वित्तीय हस्तान्तरणको बजेट रकम सार्वजनिक गर्दै उनले भनिन्, ‘अरू किसिमको बजेटको विवरण प्रकाशन भएपछि राख्नेछु ।’
उनले सरकारसँग पर्याप्त बजेट नभएकोले तल्लो तहबाट पेस गरिएका सबै योजनामा बजेट नपर्ने बताएकी छिन् । ‘पहिलो कुरा त स्वाभाविक रूपमा सरकारसँग पर्याप्त मात्रामा बजेट छैन । दोस्रो कुरा हामीले पेस गरेको सबै आयोजनाले बजेट पाउँदैनन्,’ उनी भन्छिन्, ‘तेस्रो कुरा सरकारले अति आवश्यकलाई प्राथमिकता दिने रहेछ । जे होस् अर्को वर्ष पुनः पहल गरिनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण