नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
सारांश
- पत्नी ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका 'नेपाली ब्रो' कुमार थापालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
- जेठ २२ गते राति थापाले पत्नी भुजेलको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
- घरायसी विवादमा नेपाली सेनाकी सुवेदार समेत रहेकी भुजेलको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँ । ‘नेपाली ब्रो’ भनेर परिचित कुमार थापालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
पत्नी ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका थापालाई बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माले दोस्रो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । यसअघिको म्याद सकिएपछि प्रहरी वृत्त बालाजुले उनलाई अदालतमा उपस्थित गराएको थियो ।
जेठ २२ मा राति थापाले पत्नी भुजेलको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा थापाकी प्रेमिका सहित थप ३ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मृतक भुजेल नेपाली सेनाकी सुवेदार हुन् । घरायसी विवादमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘दुई जनाको बिचमा अत्यन्तै कटुतापूर्ण सम्बन्ध रहेको देखिन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
-
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण