कलाकार विजय बराललाई पुत्रलाभ
आइतबार, ०३ वैशाख २०८०, १५ : ५८
काठमाडौँ । अभिनेता विजय बराल बुवा बनेका छन् । उनकी पत्नी प्रमिलाले बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा आइतबार बिहान छोरालाई जन्मदिएकी हुन् ।
विजयले छोराको बुबा बनेको खुसी सामाजिक सञ्जालबाट शेयर गरेका छन् । उनले लेखेका छन् ‘दुःख लुकाउनु, खुसी साट्नु भन्छन् । त्यस्तै गरियो । घरमा नयाँ सदस्यको आगमन । पुत्र लाभ ।’
शिशुको तौल २.६ किलो रहेको छ । बरालको यो पहिलो सन्तान हो । बरालले प्रमिलासँग तीन वर्ष अगाडि प्रेम विवाह गरेका थिए ।
कबड्डी र जारीमा उनलाई विवाह गर्न नसकिरहेको पात्रको भूमिकामा देख्न सकिन्छ । ‘जीवन र कथा फरक होला,’ उनले भने । तीन वर्षअघि लकडाउनकै समयमा विजय र प्रमिलाबीच विवाह भएको थियो । कामको कुरा गर्दा ‘डिग्री माइला’ उनको आगामी फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अघि बढायो घरमै बसेर कैद भुक्तानी गर्न सकिनेसम्बन्धी कानुन निर्माण प्रक्रिया (मस्यौदासहित)
-
प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
-
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
-
स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
-
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण