सुख्खा बन्दरगाहाबाट गाडी चार्ने दुई जना पक्राउ
काठमाडौँ । कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि पार्किङ गरी राखेको बा.५ च ९६५७ नम्बरको गाडी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-२ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने २८ वर्षीय अशोक लामा र काठमाडौँ चोभार बस्ने मकवानपुर थाहा नगरपालिका-१२ घर भएका २३ वर्षीय किरण स्याङ्तान रहेका छन् ।
गत चैत ३० गते राति उक्त गाडी हराएको र कीर्तिपुर नगरपालिका-६ चारघरेस्थित सुवर्ण महर्जनको चक्रतीर्थ मल्टिपरपोज प्रालिको गोदाममा राखिएको सवारी साधनको पार्टपुर्जा चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा काठमाडौँ चोभार डाँडास्थित खाली चौरमा शङ्कास्पद रूपमा पार्किङ गरी राखिएको अवस्थामा उक्त गाडीसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । थप सोधपुछको क्रममा उक्त गाडी र सुवर्ण महर्जनको गोदामबाट चोरी भएका सामानहरू समेत उनीहरूले चोरी गरेको खुल्न आएको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण