मधेसको नाम भजाएर मन्त्री हुने तर विकासको काम नगर्ने पराजित हुनेछन् : साह
बारा । आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले मधेसको नाम भजाएर पटक पटक मन्त्री हुने तर विकासको काम नगर्नेलाई बारा २ को उपनिर्वाचनमा बारावासीले पराजित गर्ने दाबी गरेका छन् ।
उपनिर्वाचन बारा २ मा आम सभा तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै साहले आफू मन्त्री हुँदा मेचीदेखि महाकालीसम्म विकासका काम गरेको तर उपेन्द्र यादव पटक पटक मन्त्री हुँदा समेत काम नगरी सत्तामा रमाउने काम गरेको आरोप लगाएका हुन् ।
‘उपेन्द्र यादवसँग तपाईंहरुले सोध्नु विकासका लागि के के काम गर्यौ बताउनुस् । म त मन्त्री हुँदा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकासको आयोजना निर्माण गरे । सप्तरीमै म विकासको दर्जनौँ आयोजनाहरू पुरा गरेँ । तपाईं भन्नुस् तपाई मन्त्री हुँदा बारा, रौतहट जिल्लाका लागि के गर्नुभयो, मत माग्न आउँदा उनीसँग तपाईंहरु पनि सोध्नु,’ साहले भने, ‘कतिपयले भन्छन् की यो जातको हो रे, आँप रोप्दा फल दिन्छ भन्दैछन् । तर बबुर रोप्दा फल दिँदैन। त्यसैले जातको पछाडि नकुद्नु विकास गर्ने नेतालाई चुन्नुस् ।’
उनले प्रत्येक जातिमा सही र गलत मान्छे रहेकाले सही मान्छेलाई मतदान गर्नुपर्ने र गलतलाई बहिष्कार गर्नुपर्ने बताए । यस्ता गलत प्रवृत्तिको मान्छेलाई पराजित नगरुन्जेलसम्म विकासको कल्पना समेत गर्न नसकिने उनले बताए । हरेक निर्वाचनमा जिल्ला परिवर्तन गर्दै हिँड्ने तर विकासको काम नगर्ने उपेन्द्र जस्ता नेताहरूलाई मतदान गर्नु आवश्यक नभएको साहले अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण