सरकारले पूर्णता नपाएकोमा सांसद आचार्यको आपत्ति
मङ्गलबार, ०५ वैशाख २०८०, १४ : ४७
काठमाडौँ । नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन् । ६ महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनी सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गरे । उनले सरकारलाई संसद्प्रति जबाफदेही हुन पनि सचेत गराए । सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्ने उनको माग थियो ।
सांसद आचार्यले सरकारले जे मन लाग्यो, त्यही गर्न नमिल्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयलाई ठेकेदारले हल्का रूपमा लिए : उपप्रधानमन्त्री सिंह
-
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने
-
लोकतन्त्रमा जे गरे पनि हुन्छ भन्ने अराजक मान्यता विकसित भयो : एमाले सांसद रिजाल
-
सम्बन्धमा मलजल जरुरी
-
सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार
-
संसद्को आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने परिस्थिति निर्माण गर्न सरकारलाई निर्देशन