सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी प्रशासनको एप्रोच नै चेन्ज गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

मङ्गलबार, ०५ वैशाख २०८०, १६ : १९
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन राष्ट्र र जनताको सेवाप्रति गाइडेड हुनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासनप्रति केही गुनासाहरू आउने गरेको भन्दै पहुँचवालको कुरा सुन्ने तर गरिब र असाहयले सम्पर्क पनि गर्न नपाउने स्थितिमा फेरबदल गर्नुपर्ने बताए ।

‘पहुँच भएका र शक्तिकेन्द्रको कुरा सुन्ने,तिनिहरुले भेटघाट पाउने, तर गरिब असहाय र जनसाधारणले सम्पर्क पनि गर्न स्थितिको पुरै फेरबदल गर्नुपर्छ र एप्रोच नै चेन्ज गनुपर्छ हामीले’, मन्त्री श्रेष्ठको भनाइ छ ।

उनले सबै जनताका निम्ति सेवा हो र संविधान कानुन कार्यान्वयन गर्ने सवालमा सबै हकदार छन् भन्ने भावले काम गर्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिए । त्यसमा पनि पछाडि पारिएका जनतालाई प्राथमिकतामा राख्नुपर्छ भनेर सुरुदेखि नै निर्देशन दिएकाले कसैले कमजोरी भेटाए खबर गर्न सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप