प्रहरी प्रशासनको एप्रोच नै चेन्ज गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन राष्ट्र र जनताको सेवाप्रति गाइडेड हुनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासनप्रति केही गुनासाहरू आउने गरेको भन्दै पहुँचवालको कुरा सुन्ने तर गरिब र असाहयले सम्पर्क पनि गर्न नपाउने स्थितिमा फेरबदल गर्नुपर्ने बताए ।
‘पहुँच भएका र शक्तिकेन्द्रको कुरा सुन्ने,तिनिहरुले भेटघाट पाउने, तर गरिब असहाय र जनसाधारणले सम्पर्क पनि गर्न स्थितिको पुरै फेरबदल गर्नुपर्छ र एप्रोच नै चेन्ज गनुपर्छ हामीले’, मन्त्री श्रेष्ठको भनाइ छ ।
उनले सबै जनताका निम्ति सेवा हो र संविधान कानुन कार्यान्वयन गर्ने सवालमा सबै हकदार छन् भन्ने भावले काम गर्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिए । त्यसमा पनि पछाडि पारिएका जनतालाई प्राथमिकतामा राख्नुपर्छ भनेर सुरुदेखि नै निर्देशन दिएकाले कसैले कमजोरी भेटाए खबर गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण