चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा दिने निर्णय
बुधबार, ०६ वैशाख २०८०, २० : २७

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै भोलि चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन् । मातातीर्थ औँसी (आमाको मुख हेर्ने औँसी)का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर
-
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति
-
‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा कोपिला भ्याली छनोट
-
२०२६ महिला टी-२० विश्वकप : भारत-पाकिस्तान भिडन्त जुन १४ मा
-
इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
-
महानगर स्रोत व्यवस्थापन समितिको बैठक बोलाउने बालेनको तयारी