राउटे समुदायको व्यवस्थापन गर्न माग
दैलेख । जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ । तीनैतहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथकिता दिन आग्रह समेत गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले भने, “राउटे समुदायको इतिहासलाई ख्याल गर्दै उनीहरूको वास्तविक समस्या पहिचान गर्नुपर्छ । सरकारले टोली परिचालन गरेर उनीहरूलाई आवश्यक पर्ने कुरा जिन्सी सामान प्रदान गर्नुपर्छ । नगद कारोबार बन्द गर्नुपर्छ । तीनै तहका सरकारले यो विषयमा गम्भीर हुनुपर्दछ ।”
दैलेख उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनीय बन्दै गएको बताए । उनले भने, “सरकारले पौष्टिक आहार प्रवद्र्धनसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिनुपर्छ । ” सुशासनकर्मी युवराज शाहीले राउटे समुदायलाई कुलतबाट जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोठ दिए । उनीहरुलाई विस्तारै–विस्तारै आत्मनिर्भर अभियानमा जोड्न उनले सुझाव दिए ।
स्थानीय पदम थापाले राउटे समुदायलाई उत्पादनमा जोड्दै जुन स्थानमा जान्छन् सोही स्थानमा पुगेर उनीहरूलाई नगद प्रवाहको विकल्पमा आवश्यक लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका वस्तुको सहज उपलब्ध गराउनुपर्ने बताए । उनले भने, “ तीनै तहका सरकारले विशेष निगरानी गर्ने टोली परिचालन गर्नुपर्छ । नत्र राउटेको अस्तित्व सङ्कटमा पर्न सक्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण