बारामा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
आइतबार, १० वैशाख २०८०, २१ : १०
बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतपेटिका संकलन हुँदैछ । आइतबार भएको प्रतिनिधिसभा अन्तर्गत बारा २ को उपनिर्वाचनको मतपेटिका संकलपछि सर्वदलीय बैठक बस्ने भएको छ ।
त्यसपछि शिक्षा तालिम केन्द्रमा मतगणना सुरु हुने निर्वाचन अधिकृत सरोजकुमार चौधरीले बताए ।
यस्तै चौधरीका अनुसार आइतबार भएको उपनिर्वाचनमा बारा २ मा ६५ प्रतिशत मत खसेको छ । ६८ हजार ८८७ मत खसेकोमा महिलाको संख्या ३१ हजार ८२३ र पुरुष मतदाताको संख्या ३७ हजार ६४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण