आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान

सोमबार, ११ वैशाख २०८०, ०५ : ४३
सोमबार, ११ वैशाख २०८०

बारा । बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान भएको छ । सोमबार बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो । 

आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका  संकलन राति नै सकिएको र आज सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । 

 सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उनको भनाइ छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप