सुर्खेतमा सवारी दुर्घटनामा हुँदा एकजना को मृत्यु, ७ घाइते
सुर्खेत । सुर्खेतमा सोमबार भएको दुई वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार एक ट्याक्टर र एउटा जिप दुर्घटनामा परेका थिए । मृत्यु हुनेमा लेकबेशी नगरपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय ललित राना रहेका छन् ।
भेरीगंगा नगरपालिका–७ मुलपानीस्थित भित्री सडक–खण्डमा झिङ्नीबाट मुलपानी तर्फ जाँदै गरेको भे१त ७४४० नं. को खाली ट्याक्टरमा चढ्ने क्रममा उनी ट्याक्टरबाट खसेका थिए । ट्याक्टरको बीच र पछाडिको टायरले च्यापी गम्भीर अवस्थाममै मेहलकुना अस्पतालमा पठाइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै सोही नगरपालिका–५ हर्रे रत्न राजमार्ग अन्तर्गत एउटा जिप दुर्घटनामा परेको थियो । नेपालगन्जदेखि डोल्पातर्फ जाँदै गरेको बागमती ०१ ०२६ प २७९९ न. को बोलेरो जिप अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ७ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ ।
घाइते हुनेमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–११ का ३३ वर्षीय गोरख बुढा, ३९ वर्षीय देउरुपा पुन, सोही पालिकाको वडा नम्बर ६ का २७ वर्षीय दिलचन्द रोकाया, वडा नम्बर १० का ४७ वर्षीय बेलमति गिरी, वडा नम्बर २ की ९० वर्षीय धनकली बोहरा रहेकी छन् ।
यस्तै सोही वडाकी ७६ वर्षीय जसु गिरी र वडा नम्बर १ की १९ वर्षीय विमला बुढापनि घाइते भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण