५० हजार मत गन्दा उपेन्द्रको अग्रता कायमै
मङ्गलबार, १२ वैशाख २०८०, १९ : ०५
बारा । बारा क्षेत्र नम्बर दुईमा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । ५० हजार १६१ मत गनिसक्दा यादव २० हजार ४६३ मतसहित अग्रता स्थानमा रहेका छन् ।
दोस्रो स्थानमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाको १७ हजार ७९८ मत रहेको छ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार १२१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेलले २ हजार ४६६ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण