प्रेमको नजर
म हारेको छु, वसन्तदेखि
किनभने मैले रोजेको फूल
त्यो वसन्तमा कसैले टिपेछ ।
म यो वर्षासँग थकित छु
किनभने, बहेर गयो
फूलको थुङ्गा पानीमा ।
माया कस्तो छ तिम्रो
बिछोडमा टुटी जाने ?
मैले तिम्रो आकृतिसँग
मेरो कलाको मूर्ति साटे भने
अर्को कलाको जन्म हुन्छ ।
मायाको जगत ठूलो छ,
माया गरिएका हरेक शब्द
एउटा निको लाग्ने तस्बिर भएर
आँखामा कैद भएर दृष्टि भएका छन् ।
म मायामा संसार देखिरहेछु
र, संसारमा कति मायाको कमी छ
महसुस गरिरहेको छु ।
यहाँ माया गर्नेहरूले माया नपाउँदै
ऋतुहरू परिवर्तन हुन्छन्,
जमाना पनि फेरिन्छ ।
एउटा दृष्टि परिवर्तन गरेपछिको
जगत र सुन्दर मायाका लहरहरू
कलाका अन्तिम दृष्टान्तहरू हुन्
जुन धेरै पर पुग्ने छन् ।
त्यो मैले हारेको
वसन्तलाई पनि म प्रेम गर्छु
त्यो म थाकेको
वर्षासँग पनि म प्रेम गर्छु
त्यो तिम्रो बिछोडलाई पनि
मेरो प्रेमको सम्झना अर्पण छ ।
विराटनगर–१३, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण