बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प

मङ्गलबार, १९ वैशाख २०८०, ०८ : ३१
मङ्गलबार, १९ वैशाख २०८०

काभ्रे । बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति  काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको  मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ ।

बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा  स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवत जावत ठप्प रहेको छ । सो क्षेत्र भइ आवात जावत गर्ने सवारीसाधन  बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप