अमेरिका : टेक्ससमा पाँच जना छिमेकीको हत्याका अभियुक्त कपडाको थुप्रोबाट पक्राउ
अमेरिकाको टेक्ससमा आफ्ना पाँच छिमेकीको हत्या गर्ने संदिग्धलाई प्रहरीले हिरासतमा लिएको छ । ३८ वर्षीय फ्रान्सिस्को आरोपेसालाई टेक्ससको कट एन्ड सुट सहरबाट पक्राउ गरिएको छ । उनी एक घरमा कपडाको थुप्रोको मुनी लुकेर बसेको अवस्थामा भेटिएका हुन् ।
शुक्रवार टेक्ससको ह्युस्टन नजिकै पाँच जनाको हत्या गरिएको थियो । ती छिमेकी र अभियुक्तबीच भनाभन भएपछि यो हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
अभियुक्त फ्रान्सिस्को आफ्ना एआर १५ सेमी अटोमेटिक राइफलबाट गोली चलाउन सिकिरहेका थिए । यसमा उनका छिमेकीले विरोध गरेका थिए । यसै कुरामा भनाभन भएपछि अभियुक्तले छिमेकीमाथि गोली चलाइदिएका थिए ।
टेक्सास प्रहरीका अधिकारीले मङ्गलवार एक पत्रकार सम्मेलनमा हेल्प लाइनमा पाइएको जानकारीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिए ।
अभियुक्तलाई पक्राउ गर्न मद्दत गर्नेलाई ८० हजार डलरको इनाम घोषणा गरिएको थियो । अमेरिकाको थुप्रै अनुसन्धान एजेन्सीले पाँच दिनदेखि अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण