आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका : टेक्ससमा पाँच जना छिमेकीको हत्याका अभियुक्त कपडाको थुप्रोबाट पक्राउ

बुधबार, २० वैशाख २०८०, १० : ०५
बुधबार, २० वैशाख २०८०

अमेरिकाको टेक्ससमा आफ्ना पाँच छिमेकीको हत्या गर्ने संदिग्धलाई प्रहरीले हिरासतमा लिएको छ । ३८ वर्षीय फ्रान्सिस्को आरोपेसालाई टेक्ससको कट एन्ड सुट सहरबाट पक्राउ गरिएको छ । उनी एक घरमा कपडाको थुप्रोको मुनी लुकेर बसेको अवस्थामा भेटिएका हुन् । 

शुक्रवार टेक्ससको ह्युस्टन नजिकै पाँच जनाको हत्या गरिएको थियो ।  ती छिमेकी र अभियुक्तबीच भनाभन भएपछि यो हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

अभियुक्त फ्रान्सिस्को आफ्ना एआर १५ सेमी अटोमेटिक राइफलबाट गोली चलाउन सिकिरहेका थिए । यसमा उनका छिमेकीले विरोध गरेका थिए । यसै कुरामा भनाभन भएपछि अभियुक्तले छिमेकीमाथि गोली चलाइदिएका थिए ।

टेक्सास प्रहरीका अधिकारीले मङ्गलवार एक पत्रकार सम्मेलनमा हेल्प लाइनमा पाइएको जानकारीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिए ।

अभियुक्तलाई पक्राउ गर्न मद्दत गर्नेलाई ८० हजार डलरको इनाम घोषणा गरिएको थियो । अमेरिकाको थुप्रै अनुसन्धान एजेन्सीले पाँच दिनदेखि अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरिरहेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप