सामसङले ल्यायो ग्यालेक्सी एम–१४, यस्ता छन् विशेषता
काठमाडौँ । नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एम–१४ बजारमा ल्याएको छ । जसमा ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री र ५ एनएम प्रोसेसरलगायतका विशेषता रहेका छन् ।
‘ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरुको माया प्राप्त गर्दै आएको छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५जी मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ । यो मोडल ५० एमपिको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री, र ५जी ब्याण्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर ५ जि डिभाइस हो’, सामसङ नेपाल मोबाइल बिजनेसका डाइरेक्टर प्रणय रत्न स्थापितले भने ।
यो फोन आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल गरी तीन आकर्षक रंगहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ६ प्लस १२८ जिबियुक्त यो स्मार्टफोनको मूल्य २४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो मोडल बुधवारदेखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण