शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङले ल्यायो ग्यालेक्सी एम–१४, यस्ता छन् विशेषता

बुधबार, २० वैशाख २०८०, ११ : ५८
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एम–१४ बजारमा ल्याएको छ । जसमा ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री र ५ एनएम प्रोसेसरलगायतका विशेषता रहेका छन् । 

‘ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरुको माया प्राप्त गर्दै आएको छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५जी मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ । यो मोडल ५० एमपिको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री, र ५जी ब्याण्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर ५ जि डिभाइस हो’, सामसङ नेपाल मोबाइल बिजनेसका डाइरेक्टर प्रणय रत्न स्थापितले भने । 

 

यो फोन आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल गरी तीन आकर्षक रंगहरूमा उपलब्ध  रहेको कम्पनीले जनाएको छ । ६ प्लस १२८ जिबियुक्त यो स्मार्टफोनको मूल्य २४ हजार ९९९ रुपैयाँ तोकिएको छ  । यो मोडल बुधवारदेखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप