पूर्वमुख्यमन्त्री अधिकारीले भने–उपधारा २ मै गोलचक्कर गर्नुभयो मुख्यमन्त्री ज्यू
बिहीबार, २१ वैशाख २०८०, १५ : १५
पोखरा । गण्डकी प्रदेशका एमाले नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार गठन हुँदा उपधारा दोहोर्याएर गोलचक्कर गरिरहेको बताएका छन् ।
उनले संविधानको उपधारा ३ बाट सरकार गठन हुनुपर्नेमा २ मै गोलचक्कर गरिएको बताए । बिहीबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै अधिकारीले संविधानलाई मिचेर सरकार गठन भएको सुनाए ।
‘संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने थियो । हामी आफ्नो पायक पर्ने धाराबाट सरकार बन्दा यसरी संविधानको संरक्षण हुँदैन । तपाईँ र म संविधानको एक युगसँगै काम गरेको व्यक्ति हौं,’ उनले भने, ‘तपाईँले मन नपराई नपराई यसो गर्नुभएको भने प्रमुख प्रतिपक्ष तपाईंहरुलाई साथ दिन तयार छ । तर, संविधानको बाटो हिँड्नुपर्छ । सिंगो प्रतिपक्ष समर्थन दिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण