सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमुख्यमन्त्री अधिकारीले भने–उपधारा २ मै गोलचक्कर गर्नुभयो मुख्यमन्त्री ज्यू

बिहीबार, २१ वैशाख २०८०, १५ : १५
बिहीबार, २१ वैशाख २०८०

पोखरा । गण्डकी प्रदेशका एमाले नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार गठन हुँदा उपधारा दोहोर्‍याएर गोलचक्कर गरिरहेको बताएका छन् । 

उनले संविधानको उपधारा ३ बाट सरकार गठन हुनुपर्नेमा २ मै गोलचक्कर  गरिएको बताए । बिहीबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै अधिकारीले संविधानलाई मिचेर सरकार गठन भएको सुनाए । 

‘संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने थियो । हामी  आफ्नो पायक पर्ने धाराबाट सरकार बन्दा यसरी संविधानको संरक्षण हुँदैन । तपाईँ र म संविधानको एक युगसँगै काम गरेको व्यक्ति हौं,’ उनले भने, ‘तपाईँले मन नपराई नपराई यसो गर्नुभएको भने प्रमुख प्रतिपक्ष तपाईंहरुलाई साथ दिन तयार छ ।  तर, संविधानको बाटो हिँड्नुपर्छ । सिंगो प्रतिपक्ष समर्थन दिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप