कति कमायो सलमानको फिल्म 'किसीका भाइ किसीका जान'ले ?
मुम्बई । इदको अवसरमा सलमान खानले फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज गरेर फ्यानहरूलाई उपहार दिएका थिए । तर, फ्यानले त्यो उपहार मन पराएको देखिँदैन ।
यो फिल्मले सय करोड त कमाएको छ तर यो कमाई सलमानको फिल्मको लागि अपेक्षभन्दा निकै कम हो । फिल्मको दोस्रो हप्ताको कलेक्सन दिन प्रतिदिन घट्दै गएको हो । योसँगै १४ औँ दिन पनि फिल्मले खासै कमाई गर्न सकेको छैन ।
बक्स अफिस ट्रयाकर सचनिकका अनुसार सलमान खानको मल्टिस्टार फिल्मले १४ औँ दिनमा १.१० करोड कमाएको छ । फिल्मले पहिलो दिन १३.५ करोड, दोस्रो दिन २५.७५ करोड, तेस्रो दिन २६.६१ करोड, चौथो दिन १०.१७ करोड, पाँचौँ दिन ६.१२ करोड कमाएको थियो । त्यसपछिका दिनहरूमा फिल्मको कमाई पाँच अङ्कभन्दा माथि उठ्न सकेको छैन ।
कुल ८० करोडको बजेटमा बनेको फिल्ममा सलमानको अलावा पूजा हेगडे, वेंकटेश दग्गुबाती, जगपति बाबु, जस्सी गिल, राघव जुयाल, सिद्धार्थ निगम, शहनाज गिल, भूमिका चावला, विजेंदर सिंह र पलक तिवारी लगायतका कलाकार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण