पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर टाँसिए कारबाही हुने
बुधबार, २७ वैशाख २०८०, ०८ : ११
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न आग्रह गरेको छ ।
सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
कम्पनीहरूले गरेको उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ प्रतिकुल रहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन दिएको छ ।
यदि टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र जरिवाना हुने स्पष्ट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण