गण्डकीमा मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार मन्त्री नियुक्त गरेसँगै ४ बजे सपथ कार्यक्रम राखिएको छ । आज सपथ लिने तीन मन्त्रीको नाम सार्वजनिक भएपनि एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन । स्रोतले भन्यो, ‘तीन मन्त्री त चर्चामा आइरहनुभएको नाम नै हो । तर, अर्को एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन ।’ सार्वजनिक भएको नाम मध्य कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा हुन् । यस्तै माओवादीबाट रेशबहादुर जुग्जाली हुन् ।
स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले महेन्द्रध्वज जिसीलाई अर्थमन्त्रालय र दीपेन्द्रबहादुर थापालाई उर्जा जलस्रोत मन्त्रीमा नियुक्त गरेका हुन् । यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि विना विभागीय मन्त्री भएकी सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको छ भने कांग्रेसबाट विना विभागीय मन्त्री भएकी सरस्वती अर्याल तिवारीलाई कृषि मन्त्रालय जिम्मेवारी तोकिएको स्रोतले जनाएको छ । यस्तै मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने किन नबनाउने केन्द्रको निर्देशन कुरिरहेको स्रोतले बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण