सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिपोर्ट बाहिर ल्याउनुपर्छ : अध्यक्ष ढकाल

शुक्रबार, २९ वैशाख २०८०, १९ : १५
शुक्रबार, २९ वैशाख २०८०

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिर्पोट बाहिर ल्याउन माग गरेका छन् । शुक्रबार अर्थमन्त्रालयमा उद्योग वाणिज्य महासंघको तर्फबाट आगामी बजेटमा सुझाव दिँदै अध्यक्ष ढकाले यस्तो माग गरेका हुन् । 

अध्यक्ष ढकालले चुरे क्षेत्र उत्खननका विषयमा बनाएको प्रतिवेदन चुरे क्षेत्रमा उत्खनन गरी वर्षको ५ खर्बको निर्यात गर्ने रिपोर्ट आएकाले सार्वजनिक नभएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरे । चुरे क्षेत्रबाट बगेर गएको गिट्टी बालुवालाई व्यवस्थापन गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने उनले बताए । नेपालमा रहेका,सामाजिक सुरक्षा कोष,नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको कम्तिमा २० प्रतिशत उत्पादन र सेवा मुलुक क्षेत्रमा लगाउन सक्ने व्यवस्था गर्नुपर्ने उनले बताए । कोषहरुमा जम्मा भएको अर्बाैैं रुपैयाँमा बैंकहरुले कति ब्याज दिन्छन् भनेर खोजेर बसेको अवस्था रहेको भन्दै कोषमा जम्मा भएको २० प्रतिशत रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न उनले माग गरे ।  

अध्यक्ष ढकालले सरकारले कमर्सियल सवारी साधनहरुको शतप्रतिशत बीमा र पेमेन्ट नभएसम्म बाहिर चल्न नदिने व्यवस्था गर्न माग गरे । सरकारले त्यस्तो व्यवस्था गरिदिए बैंकमा पसेको कर्जा नियन्त्रण हुने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप