खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिपोर्ट बाहिर ल्याउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिर्पोट बाहिर ल्याउन माग गरेका छन् । शुक्रबार अर्थमन्त्रालयमा उद्योग वाणिज्य महासंघको तर्फबाट आगामी बजेटमा सुझाव दिँदै अध्यक्ष ढकाले यस्तो माग गरेका हुन् ।
अध्यक्ष ढकालले चुरे क्षेत्र उत्खननका विषयमा बनाएको प्रतिवेदन चुरे क्षेत्रमा उत्खनन गरी वर्षको ५ खर्बको निर्यात गर्ने रिपोर्ट आएकाले सार्वजनिक नभएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरे । चुरे क्षेत्रबाट बगेर गएको गिट्टी बालुवालाई व्यवस्थापन गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने उनले बताए । नेपालमा रहेका,सामाजिक सुरक्षा कोष,नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको कम्तिमा २० प्रतिशत उत्पादन र सेवा मुलुक क्षेत्रमा लगाउन सक्ने व्यवस्था गर्नुपर्ने उनले बताए । कोषहरुमा जम्मा भएको अर्बाैैं रुपैयाँमा बैंकहरुले कति ब्याज दिन्छन् भनेर खोजेर बसेको अवस्था रहेको भन्दै कोषमा जम्मा भएको २० प्रतिशत रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न उनले माग गरे ।
अध्यक्ष ढकालले सरकारले कमर्सियल सवारी साधनहरुको शतप्रतिशत बीमा र पेमेन्ट नभएसम्म बाहिर चल्न नदिने व्यवस्था गर्न माग गरे । सरकारले त्यस्तो व्यवस्था गरिदिए बैंकमा पसेको कर्जा नियन्त्रण हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण