खै के भाको ?
कृषिप्रधान देश रे
किसान आफै भोको छ
गाउँको घर चुहिएको छ
बुहारी सहरमा टिकटक बनाउँछे
छोरोले के सपना देख्यो खै
घोडा र धुरी छुट्याउनै सकेन
घरि मुर्झिन्छ त घरि बेहोस
बाले जिम्मेदारीको काँध फेर्नै पाएनन्
आमाको चोली खै कसले देख्यो ?
खै के भाको
बेफ्वाँक छिमेकी डाहा गर्छ
फल्छन् फलाउन जन्मेकाहरू
गल्छन् गलाउनेहरू
कविले निराश कविता सुनाउँछ
डिप्रेसनमा छ गीतकार
नर्तकीले साप्रो देखाउँछे
शिक्षकले नैतिक शिक्षाको
डेमो देखाएर
राशलीला गर्छ
खै के भाको ?
जनता भुटानी शरणार्थी हुन करोडौँ तिर्छ
संगठित भ्रष्टाचार नेताले गर्छ
अर्को नेतृले आँखा तर्छे
निरीह जेलमा सड्छ
जनता निराश छन्
ऊर्जा कसले भर्छ ?
भरोसा कसले गर्छ ?
के भाको ?
अस्पताल स्वयम् बिरामी छ
मालपोतले माल पोतिरहेकै हुनुपर्छ
भन्सार त टुक्रो हो
सुन भन्दा मूल्यवान छ
पालिकाको अगाडि नगर छ
‘उप’ छ ‘महा’ छ
प्रदेश ‘पर देश’ भएको छ
गाउँ गाउँमा दरबार र सिंह छन्
न भाइदार सुरक्षित, न त जनावर
खै के भाको ?
नयाँ जोगीले ज्यादा खरानी धस्छ
स्टण्ट गर्छ
हजमोलाले नपच्ने कुरा गर्छ
न अध्ययन छ, न अनुभव
भ्रमको खेती छर्छ
के उत्पादन होला र यहाँ
आशालाई आशक्ति ठानेपछि
गाउँकै भ्रष्ट
सहर कसरी पस्यो ?
मानवता र नैतिकता सबै गुमाएर
यो पाखण्डी के भाको ?
अहिले आएर थाहा पाएँ,
राजनीति किन गर्छ ?
इटहरी–५, सुनसरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण