आर्यनलाई जोगाउन शाहरुख खानसँग समीरले मागेका थिए २५ करोड घुस
मुम्बई। अभिनेता शाहरुख खानका छोरा आर्यन खान सन् २०२१ मा एक क्रुज ड्रग्स मामलामा पक्राउ गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का पूर्व जोनल निर्देशक समीर वानखेडे यति बेला चर्चामा छन् ।
सीबीआईको टिमले समीरको घरमा गत शुक्रबार छापा मारेको थियो । सीबीआईका अनुसार समीरले क्रुज ड्रग्स मुद्दामा आर्यनलाई नफसाउनका लागि उनका पिता शाहरुख खानसँग २५ करोड रुपैंयाँ घुस मागेका थिए । यो मामलामा समीरका एक साथीले ५० लाख रुपैंयाँ लिएका थिए । सीबीआईले समीरविरुद्ध घुस मागेको आरोपमा एफआईआर दर्ता गराएको छ ।
सीबीआईले समीरसहित ४ जनाविरुद्ध मुद्धा दर्ता गर्दै मुम्बई, दिल्ली, राँची र कानपूरका २९ स्थानमा छापा मारेको थियो । छापा मार्दा प्रहरीले आपत्तिजनक दस्ताबेज, वस्तुहरू र नगद बरामद गरेको छ ।
सीबीआईले यो मामलामा अनुसन्धान गरिरहेको छ । सन् २०२१ मा मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुजमा रेव पार्टीको सूचना पाएपछि एनसीबीले छापामा मारेको थियो ।
यो छापामारीमा शाहरुखका छोरा आर्यनसहित उनका साथीहरु पक्राउ परेका थिए । यसपछि आर्यनलाई जेल पठाइएको थियो । जेल पठाएको एक महिनापछि मात्र उनले जमानत पाएका थिए । यद्यपि यो मामलामा आर्यनले ‘क्लिन चिट’ पाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
-
काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण