तीन दिनभित्र विषयगत समितिको बैठक बस्ने सहमति
काठमाडौँ । तीन दिनभित्र संसद्का विषयगत समितिको बैठक प्रारम्भ गर्न सहमति जुटेको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा यस्तो सहमति जुटेको हो । यसअघि दलहरुबीच सहमति जुट्न नसक्दा मिनी संसद् मानिने समितिहरूले पूर्णता पाउन सकेका थिएनन् । यो सहमतिसँगै समितिहरूले समेत पूर्णता पाउने भएका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति छन् ।
‘तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको छ’, सभामुखको सचिवालयले भन्यो, ‘परामर्श समितिको आजको बैठकले संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथा पोसाक र प्रतिक चिन्हको प्रयोग सम्बन्धमा निर्णय गरेको छ ।’
परामर्श बैठकमा सांसदहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले सांसदसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए । सांसदहरूको गुनासो सुनेपछि सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । ‘माननीयहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जबाफदेही हुनुपर्छ । मन्त्रीहरूको सदनमा हुने गरेको उपस्थितिप्रति समीक्षा गर्नुपर्छ । बजेट निर्माण गर्दा माननीयहरूसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी छ’, सभामुख घिमिरेको भनाइ छ ।
त्यस्तै कार्य व्यवस्था परामर्श समिति बैठकले जेठ ४ गते प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण