बागमती प्रदेशसभाको बैठक ९ गतेका लागि आह्वान
सोमबार, ०१ जेठ २०८०, १८ : ०७
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ९ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार एक सूचना जारी गर्दै प्रदेशसभाको बजेट अधिवेशनको रूपमा रहेको वर्षे अधिवेशन जेठ ९ गते मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो ।
उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण