कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्ष कारबाहीमा
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको बोर्डले जनाएको छ ।
बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएर छोडेको छ । टेक्सास इ मा.वि, मित्रपार्क, काठमाडौँ केन्द्र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको हो । त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्क, काठमाडौँ र कुमारी आवासीय मा.वि, बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ ।
कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । परीक्षामा विभिन्न खालका अमर्यादित कार्यबारे विभिन्न खाले समाचारहरू सार्वजनिक हुँदै आएका छन् । मोबाइलमार्फत प्रश्न पत्र खिचेर बाहिर पठाउने र त्यहीबाट उत्तर लेखेर पठाउने गरेको भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् ।
सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेजहरू सृजना गरी गलत तथा भ्रमपूर्ण सूचनाहरू समेत प्रवाह भइरहेको बोर्डले जनाएको छ । त्यस्तो भ्रम फैलाउने कार्य नगर्न समेत सबैलाई सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण