बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रसाईलाई ‘साहित्य प्रतिभा सम्मान’

बिहीबार, ०४ जेठ २०८०, ०८ : ४०
बिहीबार, ०४ जेठ २०८०

सुन्दरहरैँचा । हाल अमेरिकामा रहेर नेपाली साहित्य तथा समाजसेवामा विशिष्ट योगदान दिने नेपालकी चेली कमला प्रसाईंलाइ विश्व नेपाली साहित्य महासङ्घले सम्मान गर्ने निर्णय गरेको छ । 

महासङ्घको केन्द्रीय समितिले यस वर्षको ‘साहित्य प्रतिभा सम्मान’ पुरस्कार प्रसाईंलाई प्रदान गर्ने उल्लेख गरेको हो । ३ दशकको लामो समय देखी साहित्य तथा समाजसेवाको क्षेत्रमा  योगदान दिएकी प्रसाईंको २ दर्जन भन्दा बढी  नाटक, पूर्णाङ्क नाटक, कविता–गीतसंग्रह, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्र–पत्रिका तथा वेब म्यागेजिनहरूमा लेख तथा रचनाहरू प्रकाशित भएका छन्  । 

गीति एल्बमहरूमा नबिर्स मलाई २००५, नयनका आँसु, २००० का साथै दुईवटा म्युजिक भिडियो: तीजको गीतहरू “रातो राम्रो गुलियो मीठो” र “लौन साथी सङ्गिनी तीजको रहर जाग्यो बजारमा छन् । 

प्रसाईं  संगीत सागर कला केन्द्र– संस्थापक सल्लाहकार, नेपाल साहित्य सञ्चार प्रतिष्ठान, इटहरी, सुनसरी– संरक्षक सदस्य, वाणी प्रकाशन विराटनगर– आजीवन सदस्य (सेयर होल्डर) अच्छा राई रसिक प्रतिष्ठान– आजीवन सदस्य नेपाल रेडक्रस– आजीवन सदस्य, नेपाल जेसीज– आजीवन सदस्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समिति पूर्व कोषाध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पूर्व केन्द्रीय सल्लाहकार एन् एन्ड् जे इन्टरटेन्मेन्ट् इन्कको  संस्थापक अध्यक्ष एन आर एन आई सि सि, सदस्य साहित्य विभाग अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, केन्द्रीय सल्लाहकार रहेकी छिन् ।   

प्रसाईँले  प्रकाशोन्मुख कृतिमा  कविता सङ्ग्रह–पर्खाल उपन्यास– युगपुरूष कर्ण, साइनो भित्रको मान्छे र बाल गीतिएल्बमः मेरो कबिन छिट्टै बजारमा आउने जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप