मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रोमा ३२ वर्षपछि युरोपा लिगको फाइनलमा

शुक्रबार, ०५ जेठ २०८०, ०६ : ३९
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौं । इटालियन सिरिए क्लब एएस रोमा युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । युरोपेली क्लब फुटबलमा च्याम्पियन्स लिगपछि दोस्रो ठूलो प्रतियोगिता हो, युरोपा लिग ।

पोर्चुगिज नागरिक होजे मोउरिन्होको प्रशिक्षकत्वमा रहेको रोमा सेमिफाइनल खेलमा बलियो जर्मन क्लब बायर लेभरकुसेनलाई हराउँदै फाइनलमा पुगेको हो ।

रोमाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा जर्मन प्रतिद्वन्द्वीलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोक्यो ।

उक्त नतिजापछि रोमा १—० कूल गोल भिन्नताका आधारमा फाइनलमा पुगेको हो । अघिल्लो साता आफ्नो घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा रोमाले बायर लेभरकुसेनलाई १—० गोलले हराएको थियो । त्यतिबेला रोमाका लागि एडुआर्डो बोभेले निर्णायक गोल गरेका थिए ।

रोमा दोस्रो पटक युरोपा लिगको फाइनलमा पुगेको हो । ३२ वर्षअघि सन् १९९०÷९१ सिजनको फाइनलमा रोमालाई अर्को इटालियन क्लब इन्टर मिलानले हराएको थियो ।

युरोपा लिगको फाइनलमा रोमाले स्पेनिस क्लब सेभिलको सामना गर्नेछ । फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ तारिखमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप